ग्यास आपूर्तिमा विशेष योगदान पुर्‍याउने व्यवसायी प्रदीप प्रसाद पन्त सम्मानित

Shares

काठमाडौँ, २७ वैशाख

ग्यास वितरणको क्षेत्रमा  योगदान र व्यावसायिक दक्षता प्रदर्शन गरेकोमा ग्यास विक्रेता महासंघ नेपालका केन्द्रीय सदस्य एवम सफल व्यवसायी प्रदीप प्रसाद पन्तलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ। ग्यास विक्रेता महासंघ नेपालद्वारा आयोजित उक्त सम्मान कार्यक्रममा पन्तले विषम परिस्थितिमा ग्यास आपूर्ति सहज बनाउन खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्दै सम्मान-पत्र प्रदान गरिएको हो।

मध्य पूर्वको अशान्तिका कारण नेपालमा पर्न सक्ने सम्भावित ग्यास संकट र वितरण प्रणालीका चुनौतीहरूका बीच पन्तले जिल्लाका सरोकारवाला निकाय, विक्रेता र महासंघसँग उत्कृष्ट समन्वय गरी आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सोही अवसरमा उहाँको यो रचनात्मक र नेतृत्वदायी कार्यको उच्च मूल्याङ्कन गर्दै महासंघले उहाँलाई सम्मान गरेको हो।

सम्मान कार्यक्रमकै सन्दर्भमा, पन्तले नेपाल आयल निगम (NOC) र इन्डियन आयल कर्पोरेसन (IOC) को प्राविधिक सहयोगमा सञ्चालित “एलपीजी सिलिन्डरको सुरक्षित ह्यान्डलिङ, बोटलिङ प्लान्ट र वितरण” सम्बन्धी विशेष प्रशिक्षण समेत सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। पुस ३ गते काठमाडौँमा सम्पन्न सो तालिममा ग्यासको सुरक्षित भण्डारण, जोखिम न्यूनीकरण र आपतकालीन व्यवस्थापनमा पन्तले हासिल गर्नुभएको दक्षताको कदर गर्दै नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा. चण्डिका प्रसाद भट्ट, निर्देशक अन्जना पोखरेल र आइओसीका महाप्रबन्धक जोयदेव ओझाद्वारा हस्ताक्षरित प्रमाणपत्र समेत उहाँलाई प्रदान गरियो।

सम्मानित भएपछि बोल्दै पन्तले यो सम्मानले आफूलाई उपभोक्ताको सुरक्षा र सेवाप्रति थप जिम्मेवार बनाएको बताउनुभयो। तालिमबाट प्राप्त प्राविधिक ज्ञान र महासंघले गरेको यो उच्च सम्मानले आगामी दिनमा ग्यास बजारलाई अझ सुरक्षित, व्यवस्थित र उपभोक्तामैत्री बनाउन थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.