चितवनको गाईघाटमा सातवटा गाडी ठोक्किँदा २१ जना घाइते

Shares

१ कार्तिक, काठमाण्डौ – मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत चितवनको गाईघाटमा सातवटा सवारीसाधन आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। दुर्घटना शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ गाईघाटमा भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेहरूलाई चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेशनल सिटी अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनामा ना ८ ख ६६२९ नम्बरको ट्रक, बा ४ ख ७४२० नम्बरको बस, त्यसको पछाडि रहेको ना ७ ख ९६०७ नम्बरको टेलर, ग २ ख १६२६ नम्बरको अर्को बस, ना ३ च ३२५६ नम्बरको जीप र बिएबी ८४७० नम्बरको कार आपसमा ठोक्किएका थिए।

घाइतेमध्ये १३ जनाको नेशनल सिटी अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन बाँकी छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.