बिराटनगर । धनकुटाबाट मुलघाटतर्फ जांदै गरेको ट्रक सडकबाट ३ सय मिटर तलखस्दा दुई जना गम्भीर घाइते भएका छन्।
गएराती २ बजे धनकुटा नगरपालिका वडा नं ९ पाँचगोलाइ भन्ने ठाउँमा प्र।३(०१(००३क ६९०६ नम्बरको मिनि ट्रक दुर्घटना भएको सशस्त्र प्रहरीका सह(प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
थापाका अनुसार उक्त ट्रक ब्रेक फेल भई चालकले नियन्त्रण गर्न नसकेपछि सडकबाट तल खसेको थियो।
उक्त दुर्घटनामा उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका ५ बस्ने बर्ष २६ को ट्रकका चालक नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने बर्ष २० को दिनेश कार्की गम्भीर घाइते भएका छन्।
दुर्घटना पश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश मुलघाटबाट र प्रहरी चौकी मुलघाटबाटले उद्धार गरी उपचारको लागि एम्बुलेन्समा मार्फत जिल्ला अस्पताल धनकुटा पठाएको थियो।
Post Views: 420






