तारकेश्वरमा ९ लाख रुपैयाँ बराबरको चोरी

Shares

१२ भदौ, काठमाडौं – तारकेश्वर नगरपालिका–१० मा ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।

उक्त ठाउँमा डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरकोे कोठामा चोरी भएको हो । उनको कोठाबाट सुनका विभिन्न गरगहना, नगद १ लाख ७० हजार गरी ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको प्रहरीले बताएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका–२५ खोकनामा पनि २ लाख रुपैयाँ चोरी भएको छ । खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट बुधबार दिउँसो २ लाख रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.