भाद्र १, काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटघाट भएको छ ।
आज (आइतबार, भदौ १) राजनीतिक अवस्था र कम्युनिष्ट आन्दोलनका विषयमा छलफल भएको विश्वकर्माले जनाए । दुई नेताबीच एमसीसीमा दलालहरूको सक्रियता देखिएको र उनीहरूलाई फेरि सक्रिय बनाउन प्रयास भइरहेका विषयमा गम्भीर छलफल भएको बताइएको छ । यद्यपि, दुई पार्टीबीच एकताको विषयमा कुनै छलफल नभएको बताइएको छ । एकीकृत समाजवादीमा आन्तरिक जटिलता रहेको तत्काल एकताबारे छलफल नभएको विश्वकर्माले प्रष्ट पारे ।
यतिबेला एकीकृत समाजवादीका अधिकांश नेता मूलघर नेकपा (एमाले)मै फर्किने तयारी गरिएको स्रोत बताउँछ । यद्यपि तत्काल एकीकृत समाजवादीका कुनै पनि नेतालाई एमालेमा प्रवेश गर्न नदिने अध्यक्ष केपी शर्मा ओलीको रणनीति छ । यसअघि एमाले, माओवादी लगातयका दलहरूबाट विभाजित कम्युनिष्ट नेताहरूले खनाललाई भेटेका थिए । भेटमा उनीहरू सबैले नेपालमा कम्युनिष्ट पार्टीहरूको एकता गर्नुपर्नेमा जोड दिएका छन् ।






