पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

Shares

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय किशोर बेपत्ता भएका छन् ।
आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान अन्सारी र १७ वर्षकै फरान अन्सारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी (डीएसपी) होमप्रकाश चौधरीका अनुसार सात जनाको समूहमा नेपाल घुम्न आएका उनीहरू मध्ये दुई जना तिनाउ ड्याममा पौडी खेल्ने क्रममा डुबेका हुन् । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.