पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित ५ जनाले उपत्यका छोडन नपाउने

Shares

सरकारद्धारा गठीत भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले पुर्व प्रधामन्त्री केपी शर्मा ओली सहित ५ जनालाई उपत्यका छोडन रोक लगाएको छ।  भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को सचिवालयले एक प्रेस बिज्ञप्ती जारी गर्दै उनीहरुलाई आयोगको अनुमती बिना उपत्यका भन्दा बाहिर जान रोक लगाएको हो।

आयोगले जारी गरेको बिज्ञप्तीमा भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्नहुन तथा छानविनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति वेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको उल्लेख छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.