पूर्वराष्ट्रपति भण्डारी एमाले मोरङ कार्यालयमा नेता कार्यकर्तासङ्ग

Shares

विराटनगर —पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले मोरङको पार्टी कार्यालयमा प्रवेश गर्दै कार्यकर्तालाई सम्बोधन गरेकी छन्।

मंगलबार पार्टी कार्यालय पुगेकी भण्डारीले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै पार्टी गतिविधिमा पुनः सक्रिय भएको घोषणा गरिन्। उनले राष्ट्रपति पदबाट निवृत्त भएपछि आफ्नो पार्टी सदस्यता नवीकरण गरेको जानकारी दिँदै पार्टीको सक्रिय सदस्यको रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

यस अवसरमा भण्डारीले पार्टी कार्यालयको मैदानमा रहेको मदन–आश्रितको सालिकमा माल्यार्पण गरिन्। उनलाई पार्टी कार्यालयमा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राई, जिल्ला उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा लगायतका नेताहरूले स्वागत गरे।

एमाले मोरङ जिल्ला कमिटीमा भण्डारी पक्षधरहरूको पकड बलियो रहेको देखिन्छ। तर पार्टीको कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा कार्यक्रममा उपस्थित भएनन्। खतिवडाले भने, ‘पार्टी कार्यालयमा भण्डारी आउने विषयमा आफूहरूलाई औपचारिक जानकारी छैन ।’

यता, पार्टी कार्यालयमा भण्डारी जाने विषयमा केपी ओली पक्षधरले नेता तथा कार्यकर्तालाई त्यहाँ नजान उर्दी जारी गरेका थिए। तर जिल्ला समितिले भने भण्डारीको स्वागतमा सहभागी हुन आग्रह गरेको थियो। एमएमएल महानगर इन्चार्ज परशुराम बस्नेतले भने कुनै विशेष कार्यक्रम नभएको भन्दै सहभागी नहुन निर्देशन दिएका थिए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.