१४ भदौ,काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिप्रति नेपालले असहमति जनाएको स्पष्ट गर्नुभएको छ।
चीनको थियानजिनमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले आजै भएको भेटवार्तामा नेपाल सार्वभौम राष्ट्रको अभिन्न हिस्सा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने निर्णयप्रति आपत्ति रहेको बताउनुभएको हो।
भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले उक्त विषयमा नेपालको स्पष्ट धारणा राष्ट्रपति जिनपिङसमक्ष प्रस्तुत गर्नुभएको हो।
Post Views: 1,537






