बानेश्वर चोकमा तनाव: गोली प्रहारमा एकको मृत्यु, कर्फ्यू प्रभावहीन, प्रदर्शन जारी

Shares

 २३ भदौ काठमाडौं – बानेश्वर चोक तनावपूर्ण बनेको छ। प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीमा एक जनाको मृत्यु भएपछि स्थिति झन् जटिल भएको छ।

सरकारले कर्फ्यू घोषणा गरे पनि त्यसको प्रभाव देखिन सकेको छैन। प्रदर्शनकारीहरू कर्फ्यू अघि भन्दा अझै आक्रोशित भएर सडकमा उत्रिएका छन्।

संसद् भवन परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गरिरहेको छ। यसबीच, प्रदर्शनकारीहरूले संसद् भवनको वरिपरि आगजनी गर्न खोजेको पनि देखिएको छ।

भागदौडका क्रममा केही मानिस घाइते भएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.