बुटवलका व्यवसायीका समस्या सुल्झाउन रामबहादुर भण्डारीको उम्मेदवारी, आम व्यवसायीमा उत्साह

Shares

बुटवल ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशन नजिकिँदै गर्दा व्यावसायिक राजनीतिले नयाँ उचाइ लिएको छ। जित सुनिश्चित गर्ने होडबाजीका साथ प्यानल नै बनाएर उद्योगी-व्यवसायीहरू चुनावी मैदानमा उत्रिँदा आगामी नेतृत्वको प्रतिस्पर्धा निकै रोचक र पेचिलो बन्ने देखिएको छ। यसैबीच, अत्यधिक चर्चा र पकड कायम राखेको नरिश्वर शर्मा पौडेल प्यानलबाट वाणिज्यतर्फ सदस्य पदमा रामबहादुर भण्डारीको उम्मेदवारीले चुनावी माहोललाई थप तरंगित बनाएको छ। 

गुल्मीको छत्रकोट दिगाम स्थायी घर भई विगत ४० वर्षदेखि बुटवलको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा एकछत्र पकड जमाउँदै आएका भण्डारी व्यावसायिक जगतमा एक परिपक्व र भरपर्दाे व्यक्तित्वका रूपमा चिनिन्छन्। बुटवल-४, पाल्पा रोडस्थित आर. आर. ट्रेडर्सका प्रबन्ध निर्देशक भण्डारीको यही चार दशक लामो व्यावसायिक यात्रा, स्वच्छ छवि र अनुभवी छविका कारण पौडेल प्यानलका लागि उनी जितका मुख्य ‘ट्रम्प कार्ड’ बन्न पुगेका हुन्। 

आफ्नो उम्मेदवारीको मुख्य औचित्य पुष्टि गर्दै वरिष्ठ व्यवसायी भण्डारीले उद्योग वाणिज्य सङ्घमा सबै साधारण सदस्यहरूको भावना र हितको कदर हुने गरी ‘सामूहिक निर्णय प्रणाली’ को थिति बसाल्न आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन्। बुटवलमा व्यवसाय गर्दा साना तथा ठूला व्यवसायीले दिनप्रतिदिन भोग्दै आएका व्यावहारिक समस्याहरूबारे प्रत्यक्ष जानकार रहेका भण्डारीले व्यवसायीको हक, अधिकार र सुरक्षाका लागि दरिलो खम्बा बनेर उभिने प्रतिबद्धता व्यक्त गरे। वर्तमान समयमा कर प्रणालीको जटिलता, सुस्त बजार व्यवस्थापन, पूर्वाधार अभाव, बैंक तथा वित्तीय क्षेत्रको चर्को मार, सीमावर्ती अस्वस्थ प्रतिस्पर्धा र लगानीमैत्री वातावरणको कमी आगामी नेतृत्वका लागि मुख्य अग्निपरीक्षा हुन्। यी सम्पूर्ण चुनौतीलाई परास्त गर्दै निकास दिने सामर्थ्य पौडेल प्यानलसँग मात्र छ। म पनि सोही प्यानलबाट वाणिज्यतर्फ सदस्य पदको उम्मेदवार भएकाले सम्पूर्ण उद्योगी-व्यवसायी साथीहरूलाई मतदान गरी अत्यधिक मतले विजयी गराउन अपिल गर्दछु।”चुनावी रणनीतिका लागि प्यानल रोजेर उम्मेदवारी दिए तापनि निर्वाचनपछि भने कुनै पनि गुट वा प्यानलको छाया पर्न नदिने भण्डारीको भनाइ छ। चुनाव जितेपछि सङ्घलाई कुनै निश्चित समूहको नभई आम व्यवसायीको साझा, समावेशी र भरपर्दाे संस्थाका रूपमा व्यवहारमै रूपान्तरण गर्ने सङ्कल्प उनले दोहोर्‍याएका छन्।

अधिवेशन नजिकिँदै गर्दा जितको सुनिश्चितता खोजिरहेका आम व्यवसायीहरूका लागि भण्डारीको चार दशक लामो अनुभव, व्यावसायिक प्रतिबद्धता र निर्भीक व्यक्तित्व नै आकर्षणको केन्द्र बनेको छ। पौडेल प्यानललाई थप बलियो र विजयी उन्मुख गराउन भण्डारीको उम्मेदवारीले बुटवलका उद्योगी-व्यवसायीहरूमा ठूलो उत्साह थपेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.