भन्सारमा कडाइ कार्यान्वयनलाई निरन्तरता दिन आग्रह

Shares

भैरहवा, रुपन्देही — लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को प्रतिनिधिमण्डलले भन्सार कार्यालय सुनौली मा पुगेर भन्सार प्रमुख हरिहर पौडेल सँग समुन्द्र पारबाट आयात हुने वस्तुहरूमा लाग्ने दस्तुर तथा एमआरपी सम्बन्धी विषयमा जानकारी लिँदै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
उक्त भेटघाटमा एसोसिएसनका अध्यक्ष गणेशप्रसाद भट्टराई ले नेपाल–भारत खुल्ला सिमानाको फाइदा उठाउँदै हुने चोरी पैठारीले वैध व्यवसायमा असर पारिरहेको उल्लेख गर्दै भन्सारमा भइसकेको कडाइलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिनुभयो। उहाँले कर तिर्ने व्यवसायीलाई संरक्षण गर्न सम्बन्धित निकायहरू अझ जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।


कार्यक्रममा महासचिव रामप्रसाद बेलबासे, उपाध्यक्ष कृष्ण भण्डारी, सदस्य कमलप्रसाद न्यौपाने, दिनेश आमत्य तथा कार्यालय सचिव शिवहरी भण्डारी को उपस्थिति रहेको थियो।
यसै क्रममा प्रतिनिधिमण्डलले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल सँग पनि भेटघाट गरी चोरी पैठारीबाट आउने वस्तुहरूमा कडाइलाई निरन्तरता दिन आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारीले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै अवैध रूपमा भित्रिने वस्तुहरूमा कडाइका साथ निगरानी गरिने बताउनुभयो।भन्सार प्रमुख हरिहर पौडेल ले नयाँ नीति तथा नियममार्फत व्यवसायीमैत्री वातावरण सिर्जना गर्ने योजना अघि बढाइएको जानकारी दिँदै पारदर्शिता र सहजतामा केन्द्रित सुधारहरू लागू गरिने बताउनुभयो।कार्यक्रमले भन्सार प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.