मन्त्री रामजी प्रसाद घिमिरेद्वारा फलाचौर–पातलटोल जोड्ने २९० मिटर लामो झोलुङ्गे पुल उद्घाटन

Shares

अर्घाखाँची, असार १९ / अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–२ स्थित फलाचौर–पातलटोल जोड्ने २९० मिटर लामो झोलुङ्गे पुल आज लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा अर्घाखाँचीका माननीय सांसद रामजी प्रसाद घिमिरेले एक समारोहका बीच उद्घाटन गर्नुभएकाे छ ।

स्थानीय बासिन्दाको लामो समयदेखिको आवश्यकता र मागलाई सम्बोधन गर्दै मन्त्री रामजी प्रसाद घिमिरेले आफै प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत योजना स्वीकृत गराई आवश्यक बजेट विनियोजन गरिएको थियो। त्यसपछि समयमै बहुवर्षीय ठेक्का प्रक्रिया सम्पन्न गरी आस्था–स्मृति निर्माण कम्पनीले निर्धारित समयभित्र पुल निर्माण सम्पन्न गरेको हो।

नवनिर्मित झोलुङ्गे पुल सञ्चालनमा आएपछि फलाचौर, पातलटोल, नेपाने, मुलाबारी, काउले, सब्दु तथा सुवर्णखाल क्षेत्रका स्थानीयवासीलाई वर्षौंदेखिको आवतजावतको समस्या समाधान हुने मन्त्री घिमिरेले विश्वास गर्नभएकाे छ । पुलले दैनिक आवागमनलाई सहज बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य सेवा–सुविधामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसैगरी, पुल निर्माणसँगै उक्त क्षेत्रको होमस्टे सञ्चालन, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीयवासीले पुल निर्माण सम्पन्न भएसँगै विकासको नयाँ सम्भावना ढाेका खुलेको भन्दै खुसी व्यक्त गरेका छन्।
कार्यक्रममा वक्ताहरूले जनताको आवश्यकता र विकासलाई केन्द्रमा राखेर यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.