राष्ट्रिय युवा संघ नेपाल लुम्बिनीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Shares

१६ साउन, नवलपरासी / राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा तथा राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको व्यवस्थापनमा मानव सेवाको भावनालाई केन्द्रमा राख्दै रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ४९ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सन्तोष ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज कपुर घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा नवलपरासी जिल्ला इन्चार्ज सरिता भुषालको विशेष उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रममा नेकपा एमालेका प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, राष्ट्रिय युवा संघका प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदानलाई जीवन बचाउने पुण्य कार्यका रूपमा लिँदै उत्साहपूर्वक रक्तदान गरेका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदानले बिरामी, दुर्घटनामा परेका तथा शल्यक्रियाको आवश्यकता भएका बिरामीहरूको जीवन रक्षा गर्न महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। साथै, सामाजिक उत्तरदायित्वका यस्ता अभियानमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ थियो।

अध्यक्ष सन्तोष ओलीले राष्ट्रिय युवा संघ नेपालले राजनीतिक गतिविधिसँगै सामाजिक सेवामूलक कार्यक्रमलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि रक्तदान, वृक्षारोपण, सरसफाइ लगायत जनहितका विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।


कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति आयोजकले आभार तथा धन्यवाद व्यक्त गरेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.