लायन्स क्लब अफ बुटवल सिद्धबाबाको १७औँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

Shares


बुटवल,
लायन्स क्लब अफ बुटवल सिद्धबाबाको १७औँ अधिवेशनबाट सन् 2026/27 का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले विभिन्न पदहरूमा पदाधिकारीहरूलाई निर्वाचन प्रक्रियामार्फत चयन गरेको हो।
निर्वाचनबाट अध्यक्षमा लायन नेत्रप्रसाद पाण्डे, प्रथम उपाध्यक्षमा लायन धनबहादुर खत्री, द्वितीय उपाध्यक्षमा लायन महेश पाण्डे तथा तृतीय उपाध्यक्षमा लायन तुलसीराम न्यौपाने निर्वाचित भएका छन्।
त्यसैगरी सचिवमा लायन कमलप्रसाद न्यौपाने, कोषाध्यक्षमा लायन कृष्णप्रसाद न्यौपाने, सह-सचिवमा लायन बाबुराम पाण्डे तथा सह-कोषाध्यक्षमा लायन दिलराम लामिछाने चयन भएका छन्।
अन्य पदहरूमा टेमर लायनमा विष्णुप्रसाद पौडेल, टेल ट्विस्टरमा अर्जुनप्रसाद सापकोटा, एलसीआईएफ को-अर्डिनेटरमा समीर खनाल, सर्भिस चेयरपर्सनमा उपेन्द्र सापकोटा, एडमिनिस्ट्रेटरमा मुकुन्द बजगाईं, मेम्बरशिप चेयरपर्सनमा सुरेश प्रेमी, मार्केटिङ चेयरपर्सनमा तिलकराम पाण्डे तथा हंगर को-अर्डिनेटरमा केशव खड्का निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा सामाजिक सेवा, मानवीय सहयोग तथा संस्थागत सुदृढीकरणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

😀
0
😍
1
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.