लुम्बिनीमा नवनियुक्त ५ मन्त्रीले लिए शपथ

Shares

दाङ । लुम्बिनी प्रादेशिक सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताका शपथ लिएका छन् । सोमबार (जेठ २५) प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरसमक्ष नवनियुक्त ५ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

गत बुधबार (जेठ २०) चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले गत बिहीबार (जेठ २१) मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका ४ र जसपाका १ जनालाई मन्त्री नियुक्त गरेका थिए । उनै नवनियुक्त मन्त्रीहरुलाई सोमबार (जेठ २५) शपथग्रहण गराइएको हो ।

तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय,  रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गत बुधबार (जेठ २०ं) एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, स्वास्थ्यमन्त्री खेम सारु मगर र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीसीता शर्मा चौधरीले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा एमाले र जसपाका नेताहरुलाई सहभागी गराइएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.