२३ असार, काठमाडौं — आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसद्को दुवै सदनबाट पारित भएको छ।
प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाले मंगलबार बहुमतले पारित गरेको हो।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। विधेयक बहुमतले स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको हो।
यसअघि प्रतिनिधि सभाले पनि उक्त विधेयक पारित गरिसकेको थियो।
यसैबीच, अर्थमन्त्री डा. वाग्लेले राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८३ पनि प्रस्तुत गरेका छन्।
Post Views: 45





