सञ्चार मन्त्री खरेलद्वारा दक्षिण कोरियामा नेपालीको हित संरक्षणमा दूतावासलाई सक्रिय भूमिका निभाउन आग्रह

Shares

२८ कात्तिक, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका नेपालीहरूको हित संरक्षण र समस्या समाधानमा सक्रिय भूमिका निभाउन सिओलस्थित नेपाली दूतावासका अधिकारीहरूलाई आग्रह गरेका छन्।

शुक्रबार दूतावासको स्थलगत अवलोकन गर्दै मन्त्री खरेलले त्यहाँ रहेका नेपालीहरूको हक–अधिकार सुनिश्चित गर्न, समस्या सुन्न र समाधानका लागि प्रभावकारी ढंगले काम गर्नु दूतावासको जिम्मेवारी भएको बताए। साथै उनले नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन र कोरियाली लगानी नेपालमा भित्र्याउन दूतावासले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरे।

मन्त्री खरेलको सचिवालयका अनुसार हाल दूतावासको भूमिकाबारे विभिन्न गुनासा आइरहेकाले दुई देशबीचको साझेदारी, सहयोग र आपसी हितका विषयमा दूतावासले अझै पहल गर्नुपर्ने आवश्यकता रहेको मन्त्री खरेलले बताए।

दूतावासकी राजदूत डा. शिवमाया तुम्बाहाम्फेले कर्मचारी अभावका कारण दैनिक काम कारबाहीमै समस्या पर्ने गरेको जानकारी दिइन्। उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चलिरहेको विवादका कारण पनि दूतावासको काम प्रभावकारी ढंगले अघि बढ्न नसकेको बताइन्।

मन्त्री खरेल २५ कात्तिकमा दक्षिण कोरिया प्रस्थान गरी सिओलमा आयोजित ११औं ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’ मा सहभागी भएका थिए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.