सैनामैना, रुपन्देही
राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा १२ को वार्षिक परीक्षामा रुपन्देहीको सैनामैना नमुना माध्यमिक विद्यालयले उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयले ‘नगर प्रथम’ सहित समग्र जिल्लामै उत्कृष्ट नतिजा ल्याएर आफ्नो गौरवमय इतिहासलाई थप उचाइमा पुऱ्याएको छ।
यस वर्षको परीक्षामा विद्यालयका विज्ञान संकायका छात्र सन्दीप पाण्डे र व्यवस्थापन संकायकी छात्रा बर्षा भण्डारीले समान ३.८६GPA हासिल गर्दै संयुक्तरूपमा ‘नगर प्रथम‘ हुन सफल भएका छन्।
यसैगरी विद्यालयका अन्य छात्रछात्राहरूले पनि उत्कृष्ट अङ्क ल्याएका छन्। जसमा दधिराम पाण्डे (३.८१ GPA), आकांक्षा भुसाल (३.७३ GPA), भूमिका थापा (३.७२ GPA), संजोग महत (३.६९ GPA), अनिशा पोखरेल (३.६६ GPA), सगुन लाम्टारी (३.६५ GPA), सौरभ जी.सी. (३.६५ GPA) र सौरभ ज्ञवाली (३.६० GPA) रहेका छन्। विद्यालयका धेरैजसो विद्यार्थीहरू उत्कृष्ट श्रेणीमा उत्तीर्ण भई सैनामैना नगरकै साख जोगाउन सफल भएका छन्। ISO ९००१:२०१५ प्रमाणित यस विद्यालयले शैक्षिक गुणस्तरमा आफूलाई पुनः अब्बल साबित गरेको छ।
उत्कृष्ट नतिजा पश्चात विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले सम्पूर्ण उत्तीर्ण विद्यार्थी, अभिभावक र शिक्षक वर्गलाई बधाई ज्ञापन गर्दै यो अभूतपूर्व सफलता सम्पूर्ण विद्यालय परिवारको अथक मेहनत, त्याग र समर्पणको परिणाम भएको कुरामा जोड दिनुभयो ।प्राचार्य पुरीले विद्यार्थीहरूले नगर प्रथमसहित जिल्लामै उत्कृष्ट नतिजा ल्याएर विद्यालयको शिर उच्च पारेका छन्। हामी हाम्राविद्यार्थीहरूमा केवल साक्षरता मात्र होइन, उत्कृष्ट संस्कार र व्यवहारिक शिक्षाको बीउ रोप्न सधैं कटिबद्ध रहेको बताउनुका साथै आगामी दिनहरूमा पनि विद्यालयको गरिमालाई अझ उचाइमा पुऱ्याउने संकल्पका साथ काम गर्ने बताउनुभयो ।





