हिसान रूपन्देहीद्वारा आयोजित वक्तृत्वकलामा होराइजन जिबिएसकी प्रिया भइन प्रथम

Shares

बुटवल, ६ पुस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीले विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रम गरेको छ । हिसानले आइतबार विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेको हो । हिसानले आइतबार इन्भाइरोमेन्ट मावि मणिग्राममा वक्तृत्वकला र स्कलर्सहोम मावि बुटवलमा हाजिरीजवाफ कार्यक्रम गरेको हो । वक्तृत्वकलामा होराईजन मावि बुटवलकी प्रिया गुप्ता बानिया प्रथम भईन् भने हाजिरीजवाफ प्रतियोगितामा तिलोत्तमा सेकेण्डी स्कुल प्रथम भएको छ ।

‘वर्तमान सन्दर्भमा सामाजिक संजालको महत्व, चुनौती र निकास विषयक जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगितामा २१ विद्यालयलाई पछि पार्दै बानिया प्रथम बनेकी हुन् । बनियाले उपाधिसंगै नगद पुरस्कार तथा प्रमाणपत्रबाट हात पारिन्  । यस्तै वक्तृत्वकलामा एभरेष्ट माविकी निहारिका ज्ञवाली द्वितीय भईन्  भने होराईजन इविएसकी प्रियंका पन्थी तृतीय र सगरमाथा आवासिय माविकी रबिन अकिकारीले सान्त्वना स्थान हासिल गरेको कार्यक्रम संयोजक मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।

 

यस्तै यता बुटवलमा भएको हाजिरीजवाफ प्रतियोगितामा  एभरेष्ट मावि द्वितीय, मणिमुकुन्द मावि तृतीय र स्कलर्स होम मावि र प्यारामाउन्ट माविले सान्त्वना स्थान हासिल गरेको कार्यक्रम संयोजक तथा हिसान उपाध्यक्ष बाबुराम बन्जाडेले जानकारी दिनुभयो । हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हिसान नेपालका केन्द्रिय निर्देशक प्रा. डा. रामचन्द्र आचार्यले विद्यार्थीको बौद्धिक क्षमताको विकासकालागि यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा हिसान रुपन्देहीका प्रमुख सल्लाहकार तथा पुर्व अध्यक्ष दिनेश भुसाल,  इन्भारोमेन्ट स्कुलका प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपाने, वक्तृत्वकलाका निर्णायक डिल्लिराज भट्टराई, स्थानेश्वर बस्याललगायतले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको वाककला क्षमताको विकासमा वक्तृत्वकला प्रतियोगिता समयसापेक्ष उपयोगी हुने बताउनुभयो ।

 

यसैबीच आइतबारनै प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय ह्याकाथन भएको छ । एभरेष्ट बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगितामा सहभागीहरुले ‘स्वस्थ्य सेवाको पहुच तथा समाधानका प्रविधिको उपयोग’ विषयमा आफ्नो परियोजना तयार गरेका थिए । हिसान रुपन्देहीका पुर्व अध्यक्ष दिनेश भुसालले उद्घाटन गर्नु भएको प्रतियोगितामा तिलोत्तमा सेकेण्डरी स्कुल प्रथम,  एभरेष्ट इगलिस बोर्डिङ स्कुल द्वितिय, अक्सफोर्ड सेकेण्डरी स्कुल तृतिय, तथा न्यू ईन्भाइरोमेन्ट स्कुलले सान्त्वना स्थान हासिल गर्दै पुरस्कार हात पारे । ह्याकाथन प्रतियोगितामा १४ विद्यालय सहभागी भएका थिए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.