अनेरास्ववियुका अध्यक्ष कडरिया पुन फर्कन्छु भनेपछि कार्यकर्ताले नेमप्लेट झिकेर जलाए

Shares

भदाै २८, काठमाडौं – संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट झिकेर जलाएका छन्।

अनेरास्ववियुका नेता–कार्यकर्ताले शनिबार उनको फोटोसमेत तोडफोड गरेका छन्। जेन–जीको प्रदर्शनका चर्कंदै गएपछि असुरक्षा भएको भन्दै उनले भदौ २४ गते राजीनामा दिएका थिए। भदौ २३ गतेको प्रदर्शनमा प्रहरीको गोली लागि २४ जना युवा–विद्यार्थीको हताहती भएपछि पदमा बसिरहन नैतिकताले नदिएको उनको दाबी थियो।

तर भोलिपल्टै उनले आफूलाई ज्यान मार्ने धम्की आएको, कुटपिट भएको भन्दै राजीनामा फिर्ता लिन खोजेका थिए। यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.