अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९, टारी बजारमा टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ।आज बेलुकी करिब ७ बजेको समयमा लु २ ख ३१३३ नम्बरको टिपरले पैदल यात्रीलाई ठक्कर दिएको थियो। मृत्यु हुनेमा जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५, थाम्का निवासी उमेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पुष्टि गरेको छ।
दुर्घटनालगत्तै टिपर चालक फरार भएका छन्। प्रहरीले उनको तीब्र खोजी भइरहेको जनाएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक (DSP) दिवस बहादुर जिसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
मृतक खत्रीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याउने तयारी भइरहेको छ।
प्रहरी नायव उपरीक्षक जिसीका अनुसार घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ।






