आन्तरिक उडानका लागि अधिकतम भाडा सार्वजनिक, तोकिएको सीमा नाघे कारबाही हुने चेतावनी

Shares

१७ असौज ,काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि अधिकतम हवाई भाडा तोकेर सार्वजनिक गरेको छ। चाडपर्वको समयमा एअरलाइन्स कम्पनीहरूले मनपरी भाडा लिएको गुनासो बढेपछि प्राधिकरणले विभिन्न रुटका लागि भाडाको सीमा सार्वजनिक गरेको हो।

प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिन नपाइने र नियम उल्लंघन गर्ने वायुसेवा कम्पनीमाथि कारबाही हुने चेतावनी पनि दिएको छ।

सार्वजनिक गरिएको सूचीअनुसार सबैभन्दा महँगो भाडा काठमाण्डौ–धनगढी रुटको १७ हजार ५७९ रुपैयाँ तोकिएको छ भने सबैभन्दा सस्तो काठमाण्डौ–सिमरा रुटको ३ हजार ९७८ रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, काठमाण्डौ–नेपालगञ्जको १३ हजार १०३ रुपैयाँ, काठमाण्डौ–भद्रपुरको १२ हजार ११२ रुपैयाँ, काठमाण्डौ–विराटनगरको ९ हजार ७८५ रुपैयाँ र काठमाण्डौ–सुर्खेतको ९ हजार ३० रुपैयाँ तोकिएको छ।

काठमाण्डौ–पोखरा रुटको अधिकतम भाडा भने ६ हजार ६३५ रुपैयाँ तोकिएको प्राधिकरणले जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.