उज्यालो नेपाल पार्टीप्रति एमाले महासचिव पोखरेलको कडा टिप्पणी

Shares

१८ मंसिर, काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालै कुलमान घिसिङको सहभागितामा सुरू गरिएको ‘उज्यालो नेपाल पार्टी’ संदर्भमा कडा प्रतिक्रिया जनाएका छन्।

नाम नलिइकनै लक्षित टिप्पणी गर्दै पोखरेलले ‘उज्यालो नेपाल’ योजनाको श्रेय वास्तविक योजनाकारले पाउन नसकेको र पार्टी भने तेस्रो पक्षले खोलेको आरोप लगाएका छन्।

फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले। जसको योजना, उसैलाई श्रेय दिने कहिले?’

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.