१८ मंसिर, काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत आज दुई खेल हुने छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। खेल दिउँसो ११:४५ बजे सुरु हुनेछ।
अपराह्न ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौंले अहिलेसम्म ६ खेलबाट ८ अंक हासिल गरेको छ भने पोखराले ५ खेलबाट ४ अंक मात्र जोडेको छ। प्लेअफमा रहने सम्भावना कायम राख्न पोखरालाई आजको खेल अनिवार्य जित्नुपर्ने दबाब छ।
यस्तै, पाँच खेलबाट ४ अंक बटुलेको चितवन राइनोजलाई पनि प्लेअफमा पुग्न आजको जित अत्यावश्यक छ।
पहिले नै प्लेअफ सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्स भने १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।
Post Views: 150






