एमाले अध्यक्ष ओलीले भने : गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मन्जुर छैन

Shares

२३ असोज, काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएका जेन–जी आन्दोलन घटनाको छानबिन गर्न गठन गरिएको आयोगलाई स्वीकार नगर्ने घोषणा गरेका छन्।

गुन्डुममा बिहीबार आयोजित कार्यक्रममा उनले आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि उठेका विवादका कारण एमाले र जनताले उक्त आयोगलाई मन्जुर नगर्ने बताएका छन्। ओलीले आयोगमा बसेका अघिका अभिव्यक्तिहरूको प्रश्न उठेको भन्दै नैतिकताका आधारमा कार्कीले राजीनामा दिनुपथ्र्यो कि भनी प्रश्न उठाए।

उनले वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नेलाई प्रश्न गर्दै, के तिनीहरूले आफ्नै सम्पत्ति छानबिन गराउन सक्ने वा आँट गर्ने कुरामा शंका व्यक्त गरे।

अध्यक्ष ओलीले भने, “सम्पत्ति छानबिन गराउने हो भने एक पटक मात्र होइन, दस पटक पनि गर। म मन्त्रीज्यूहरूलाई सोध्न चाहन्छु, के तपाईँहरूले आफ्नै सम्पत्ति छानबिन गराउन आँट गर्नुहुन्छ? यदि अहिले जस्तो आयोग बनाउन पाइयो भने त्यो पनि गराउन सकिन्छ। तर पहिलेदेखि नै ‘केपी ओलीलाई समाउनुपर्छ, थुनिनुपर्छ, मुद्दा लगाउनुपर्छ’ भन्ने उद्देश्यले आयोग बनाएर प्रतिवेदन तयार पार्ने नाटक हो यो। नेकपा एमालेले यस्तो नाटक स्वीकार्दैन। मैले स्पष्ट रूपमा भनेको छु — यो नक्कली आयोग स्वीकार्य छैन।”

उनले थपे, “केही मानिस तत्कालमा विरोधीबाट निष्पक्ष हुन सक्छन्?” भन्दै शंका व्यक्त गरे।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.