२३ साउन, काठमाडौं । सफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन्।
साइबर अपराध नियन्त्रणका लागि काम गर्दै आएको साइबर ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनीहरूले बौद्धिक सम्पत्तिमा आघात पुर्याउने उदेश्यले सोर्स कोड चोरी गरेको प्रमाण भेटिएको छ।
काठमाडौं जिल्ला अदालतबाट उनीहरू विरुद्ध ५ दिनको म्याद थपिएको छ र साइबर अपराध नेपाल अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Post Views: 733






