काठमाण्डौ । पार्टी नेता शेखर कोईरालाले राजिनामा दिन निर्देशन दिएपछि कांग्रेसका मन्त्रीहरुले राजिनामा दिन थालेका छन्। बिशेष गरी शेखर कोईराला निकटस्थहरु राजिनामा दिएर निस्कने तयारीमा रहेका छन्।
कांग्रेसबाट कृषि मन्त्री भएका रामनाथ अधिकारीले पदबाट राजीनामाको घोषणा गरेका छन्। मन्त्री अधिकारीले मंगलबार राजीनामा पत्र प्रधानमन्त्रीलाई इमेल गरिसकेको उनका स्वकीय सचिव नवराज तिमिल्सिनाले बताए।
Post Views: 578






