कैलाली कारागारमा भएको झडपबारे संसदीय समितिमा छलफल हुने

Shares

साउन २७, काठमाडौं / कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु घटनाबारे संसदीय समितिमा छलफल हुने भएको छ । कारागारमा कैदीबन्दीको दुई समूहबीच भएको झडपमा कैदबन्दी भरत चाैधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए । यस्तो घटना भएको ४० घण्टासम्म कैदीबन्दीले नै कारागार नियन्त्रणमा लिएका थिए । यो घटनाका सम्बन्धमा संसदीय समितिले चासो राखेर बैठक नै राखेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले बुधबार बिहान १० बजे बैठक राखेको छ । सिंहदरवारमा बस्ने बैठकमा ‘कैलाली कारागारमा मिति २०८२ साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू’बारे छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.