२३ भदौ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ।
पार्टी प्रवक्ता मनिष झा अनुसार दिउँसो ४ बजे सचिवालय बैठक आयोजना गरिएको हो। उनले भने, “जेनजी प्रदर्शन र त्यसमा भएको दमनबारे छलफल गर्न बैठक बोलाइएको हो।”
यसअघि जेनजी प्रदर्शनकारीहरूले संसद भवन घेराउ गर्दा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने कयौँ घाइते भएका थिए। घाइतेहरूलाई सिभिल अस्पतालसहित विभिन्न अस्पतालहरूमा उपचार दिइरहेको छ।
नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू लागू भए पनि प्रदर्शनकारीहरू आक्रोशित हुँदै प्रदर्शन जारी राखेका छन्।
Post Views: 2,608






