काठमाडौं । झापाको बिर्तामोड-६ बुट्टावारीस्थित पूर्व-पश्चिम राजमार्गमा भएको यात्रुवाहक बस दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् ।
पश्चिमतर्फबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख ४४५९ नम्बरको बस केहीबेर अघि अनियन्त्रित भएर पल्टिएको हो।
घटनास्थलमा खटिएका ट्राफिक प्रहरीका अनुसार घाइते यात्रुहरूलाई उद्धार गरी तत्काल उपचारका लागि नजिकैका अस्पतालतर्फ पठाइएको छ।
घाइतेहरूको संख्या भने अझै यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
Post Views: 143






