टी–२० अन्तर्राष्ट्रियमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनिन् कप्तान इन्दु बर्मा

Shares

२१ असोज, काठमाडौं – नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गर्ने कीर्तिमान बनाएकी छन्।

मंगलबार मलेसियाविरुद्धको खेलमा अविजित ४८ रनको योगदान दिँदै उनले यो उपलब्धि हासिल गरेकी हुन्। यो इनिङसँगै इन्दुको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल रनसंख्या १०४३ पुगेको छ।

७७ खेल खेलिसकेकी इन्दु नेपालको लागि यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी हुन्। उनको ब्याटिङ औसत १८ रहेको छ भने हालसम्म एक अर्धशतक प्रहार गरेकी छन्, जसमा उनको उच्च स्कोर ५५ रन हो।

इन्दुका पछिपछि सीता रानामगर ९६५ रन (६३ इनिङ), रुबिना क्षेत्री ९३६ रन (७८ इनिङ), र पूजा महतो ५१६ रन (४१ खेल) सहित रहेका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.