२३ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारी बैठक ललितपुरको हिमालय होटल, कुपण्डोलमा बोलाएका छन्। बैठक दिउँसो १ बजे बस्ने तय भएको हो।
बैठकमा आगामी २६ असोजमा बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा लगायत समसामयिक विषयमा छलफल हुने नेताहरूले जनाएका छन्।
गत भदौ २३ र २४ गते सम्पन्न ‘जेनजी युवा आन्दोलन’पछि देउवाले पहिलोपटक पदाधिकारीहरूको औपचारिक बैठक बोलाएका हुन्। आन्दोलनको दोस्रो दिन देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै हातपात भएको थियो। आगजनीका कारण घर क्षतिग्रस्त बनेपछि उनीहरू हाल ललितपुरमा बस्दै आएका छन्, तर बसोबासको ठेगाना सार्वजनिक गरिएको छैन।
Post Views: 334






