नेपाली युवाको मिर्गौला तस्करी: भारतमा बिक्री गर्ने गिरोह पक्राउ, मानव अंग तस्करीको पर्दाफास

नेपाली युवालाई भारत लगेर मिर्गौला बेच्ने गिरोह भण्डाफोर, ३ जना पक्राउ
Shares

२२ साउन,काठमाण्डौ – नेपाली युवालाई भारत लगी मिर्गौला निकालेर बिक्री गर्ने तीन जनालाई नेपाल प्रहरी मानव बेचबिखन विरुद्धको ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका समिर नेपाली, राकेश नेपाली र  काभ्रेका राज कुमार परियार रहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

जिल्ला अदालत काठमाण्डौबाट तीनैजनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीले एक साताको म्याद लिएको छ । पक्राउ पर्ने तीनै जनाले भारतको नयाँ दिल्ली चण्डिगढ र नोयडा लगायत ठाउँहरुमा लगेर मिर्गौला बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

ब्यूरोका प्रवक्ता कुँवरका अनुसार गिरोहले हरेक व्यक्तिलाई पाँचदेखि सात लाख रुपैयाँ दिने प्रलोभन देखाएर भारत पुर्‍याउने गरेका थिए । गिरोहले आर्थिक अवस्था कमजोर भएका युवालाई लक्षित गरी धन्दा चलाएको पाइएको छ । मिर्गौला निकालिएका केही व्यक्ति प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले थप खोजी गरेको थियो ।

 

😀
0
😍
0
😢
0
😡
1
👍
1
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.