नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको अवसरमा मैत्रीपूर्ण फुटबल, नेपाली टोली पराजित

Shares

१७ साउन,काठमाण्डौ – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा मैत्रीपूर्ण फुटबल भएको छ ।
ग्वाङ्झाउको नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा नेपाली टोली ३–१ गोलले पराजित भयो ।
मैत्रीपूर्ण खेल हाइचु जिल्लाको यान् च काङ रङ्गशालामा भएको थियो । जसमा चीनमा रहेका नेपालीको समूह र चिनियाँ पक्षका व्यावसायिक खेलाडीले भाग लिएका थिए ।
दुवै देशका सहभागीबीच मित्रता झल्काउने गरी खेलकुदको भावना प्रदर्शन गरिनुका साथै नेपाल–चीन सात दशकको कूटनीतिक सम्बन्धको अवसरमा नेपाली प्रतिनिधि टोली र ग्वाङ्झाउको चिनियाँ टोलीबीच फुटबल प्रतिस्पर्धा गरिएको महावाणिज्य दूतावासले जनाएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.