पल शाहको क्रेज : बुटवलको भाटभटेनीमा कलाकारलाई हेर्न भीड

Shares

३० साउन बुटवल चर्चित कलाकार पल शाह शुक्रबार बुटवलको भाटभटेनी सुपर स्टोरमा पुगेपछि प्रशंसकहरूको भीड लाग्यो।

बिहानैदेखि नै उनको आगमनको खबर फैलिँदै जाँदा भाटभटेनी परिसरमा युवादेखि वृद्धसम्मका दर्शकहरूको उत्साह देखियो।स्टोरको बाहिरैबाट नै प्रशंसकहरूले मोबाइल क्यामेरा निकालेर फोटो र भिडियो खिच्न थाले।

केहीले उनलाई मालामा सम्मान गर्दा, कतिपयले हात मिलाउने र ‘सेल्फी’ लिने मौका पाए। भीड यति बाक्लो थियो कि पल शाहलाई सुरक्षाकर्मीको सहयोगमा गाडीबाट बाहिर निस्केर फेरि फर्कनु पर्यो।कलाकारको मुस्कान, हात हल्लाउने शैली र प्रशंसकसँगको आत्मीय व्यवहारले माहोल झन् रौनक बनाएको थियो।

बुटवलमा पल शाहको यो उपस्थिति फेरि एकपटक उनको लोकप्रियता कत्तिको बलियो छ भन्ने प्रमाण बनेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.