पाल्पामा ईभी भ्यान दुर्घटना हुदा ३ जनाको मृत्यु

Shares

पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ पिपलभञ्याङ नजिकै बुटवलबाट जादै गरेको इभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु प ०००१ ज ००९१ नम्बरको इभी भ्यान बुटवलबाट छहरा–मेहलढापतर्फ जाँदै गर्दा सडकबाट करिब १ हजार ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।स्थानीयवासीका अनुसार भ्यान बिहान करिब १० बजे छहरा बजारबाट मेहलढापतर्फ गएको थियो। दुर्घटना साढे १० बजेतिर भएपनि घटनाको जानकारी करिब साढे १ बजे मात्र प्राप्त भएको स्थानीय इश्वर ज्ञवालीले बताए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनाग्रस्त भ्यानमा चालकसहित तीन जना सवार थिए। उनीहरूलाई घटनास्थलबाट उद्धार गरी अस्पतालतर्फ पठाइएपनि तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले जानकारी दिए।

मृतकहरूमा रैनादेवीछहरा–४ का कमल रायमाझी, रैनादेवीछहरा–१ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी, र मेहलढाप–४ का रामबहादुर गाहा रहेका छन्। प्रहरीका अनुसार इभी भ्यान सडकबाट करिब १ हजार ५ सय मिटर तल खसेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.