काठमाडौँ —एमालले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान बोलाइएको आकस्मिक बैठकमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने विषयमा छलफल हुन लागेको एक नेताले पुष्टि गरे ।
यस्तै नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ । बैठक सकिएलगत्तै उसले आफ्ना सांसदहरुलाई सिंहदरबार बोलाएको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो ।
Post Views: 414






