प्रधानमन्त्री ओलीले भारत भ्रमणमा नालन्दा विश्वविद्यालयको अवलोकन र सम्बोधन गर्ने कार्यक्रम तय

Shares

काठमाडौं । भारत भ्रमणमा क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहारस्थित ऐतिहासिक नालन्दा विश्वविद्यालयको अवलोकन गर्ने भएका छन्।  बोधगयामा हुने द्विपक्षीय वार्तापछि प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको हाे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भदौ ३१ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले नालन्दामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–भारत सम्बन्धमा शैक्षिक तथा सांस्कृतिक आदानप्रदानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

नालन्दा विश्वविद्यालय जो ऐतिहासिक तथा शैक्षिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ, त्यसको अवलोकन ओलीको भ्रमणको मुख्य अंशमध्ये एक हुने बताइएको छ।  नालन्दा  विश्वविद्यालय सन्सारको प्राचीन विश्वविद्यालय हो ।
😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.