प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित

Shares

१९ असार, काठमाडौं। प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ।

संसद् सचिवालयका अनुसार बैठक सुरु भएर करिब १७ मिनेटसम्म सञ्चालन भए पनि प्रत्यक्ष प्रसारणमा अडियो नआएपछि रेकर्डिङमा समेत समस्या देखिएको थियो। केही सांसदले आफ्नो धारणा राखिसकेपछि अडियो प्रणालीमा आएको समस्याका कारण बैठक स्थगित गरिएको हो।

सचिवालयले प्राविधिक समस्या समाधान हुनेबित्तिकै बैठक पुनः सञ्चालन गरिने जनाएको छ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भई आएका अध्यादेश प्रतिस्थापन विधेयकसहित विभिन्न विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गरी राष्ट्रिय सभामा पठाएको छ।

त्यसैगरी, आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका बजेट शीर्षकमाथि समूहीकृत छलफल गर्ने कार्यसूची पनि रहेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ।

यस्तै, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकहरूमाथि पनि आजै समूहीकृत छलफल गर्ने कार्यसूची तय गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.