बर्दियाको गुलरियाको भैँसाहीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

Shares

बर्दियाको गुलरिया नगरपालिका वडा नं ११ भैँसाही स्थित बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघले आक्रमण गर्दा सोही ठाउँ बस्ने ४५ वर्षीया जगतरानी थारूको मृत्यु भएको हो ।

धान गोड्नका लागि शुक्रबार साँझ मृतक जगतरानी खेतमा गएकी थिइन् । राति अबेर सम्म घर नआएपछि कसैको घरमा बसेको भनेर खोजबिन गरिएको थिएन । शनिबार बिहान देखि मात्र खोजबिन गर्दा उखुबारी भित्र शरीर र टाउको छुट्टिएको अवस्थामा मृतक थारूको शव फेला परेको थियो । थारूलाई उखुबारीबाट आएको बाघले आक्रमण गरेको हुन सक्ने स्थानीयले बताएका छन् । उखुबारीमा महिलाको शव फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.