बल्कोट रुपन्देही समाजद्वारा तिज मिलन कार्यक्रम सम्पन्न

Shares

७ भदौ  रुपन्देही — बल्कोट अर्घाखाँची-रुपन्देही सम्पर्क समाजको आयोजनामा शनिबार बुटवलमा तिज मिलन, सांस्कृतिक तथा दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा जेष्ठ नागरिक बसन्ता बेलबासे रहनुभयो। शुभकामना मन्तव्य दिँदै उहाँले समाजले जेष्ठ नागरिकप्रति देखाएको सम्मान र सद्भावले आफू अत्यन्त खुशी भएको बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि जेष्ठ सदस्य लोकमणि घिमिरे रहनुभएको थियो। कार्यक्रममा ७५ वर्ष उमेर पार गरिसकेका पाँच जना जेष्ठ नागरिकहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४.० जीपीए प्राप्त गरेका विद्यार्थीहरू सन्देश न्यौपाने र दीक्षा पौडेललाई नगर, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरियो।

संस्थागत जानकारी दिँदै समाजका अध्यक्ष मोहन भट्टराईले, तिज पर्वलाई नेपाली महिलाको महान चाड भनेर चिनिए पनि हाल यसलाई सबै नेपालीको साझा पर्वको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले समाज स्थापनापछि हरेक वर्ष यस्ता कार्यक्रमहरू गर्दै आइएको र निकट भविष्यमै जन्मथलोमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

संस्थापक अध्यक्ष दीपक पन्थीले समाज स्थापना मूल उद्देश्य अनुसार आंशिक रूपमा सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ रचनात्मक कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। समाजसेवी नवराज श्रेष्ठले शुभकामना मन्तव्य दिँदै कार्यक्रमहरू सधैं सकारात्मक र प्रभावकारी बनाइराख्न सुझाव दिनुभयो।

कार्यक्रममा उपाध्यक्ष रमेश पाण्डेले स्वागत मन्तव्य राख्नुभयो भने कार्यक्रम सञ्चालन सचिव धु्रव सापकोटाले गर्नुभएको थियो। सम्पूर्ण कार्यक्रम संयोजन संयोजक हरि न्यौपानेले गर्नुभएको थियो।

कार्यक्रमको विशेष आकर्षण राष्ट्रिय लोकदोहोरी गायक योगराज पोखरेलको सांगीतिक प्रस्तुति रहेको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.