बसको ठक्करबाट २ मोटरसाइकलका २ जनाको मृत्यु

Shares

१५ असोज, हेटौंडा । मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकलको दुर्घटना हुँदा दुई परिवारका दुई जनाको मृत्यु भएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैया–हेटौंडा सडकखण्डको उकालोमा आज बिहान जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा दुई वटा मोटरसाइकलमा ठक्कर दिएको थियो।

दुई वटा मोटरसाइकलमा सवार दुई वटा परिवारका ६ जना घाइते भएका थिए । उनीहरूलाई बारा र मकवानपुरका अस्पतालमा उपचारका लागि पठाइएकोमा दुई जनालाई चिकित्सकले मृत घोषणा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले जानकारी दिए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.