बागमतीका मेयर थापालाई १० करोड जरिबाना र ८ वर्ष कैदको सजाय

Shares

काठमाडौं । विशेष अदालतले सर्लाहीको भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै बागमती नगरपालिकाका मेयर भरत थापालाई कैदसहित १० करोड रुपैयाँ जरिबाना सुनाएको छ । बिहीबार सजाय निर्धारण गर्दै विशेष अदालतले थापालाई ८ वर्ष कैद पनि तोकेको हो ।

थापासहित कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेललाई पनि समान सजाय र जरिबाना तोकिएको छ ।

विशेष अदालते उनीहरूलाई पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रूपैयाँ क्षतिपूर्ति भराउनसमेत भनेको छ । गत साउन २१ गते विशेष अदालतले मेयर थापा र कर्मचारीद्वय विमलकुमार पोखरेल र सागर पौडेललाई भ्रष्टाचारी ठहर गरेको थियो ।

मेयर थापा २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.