बाढीपहिरोले कोशी र बागमती प्रदेशका १९ स्थानमा सडक अवरुद्ध

Shares

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका १९ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। तीमध्ये कोशी प्रदेशमा ८ र बागमती प्रदेशमा ११ स्थानमा सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ।

कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यमपहाडी लोकमार्ग र मेची राजमार्गका विभिन्न खण्डमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ।

त्यसैगरी, बागमती प्रदेशमा पासाङ ल्हामु राजमार्ग, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी लोकमार्गका धेरै खण्ड अवरुद्ध छन्। साथै, नेपाल–चीन सीमा जोड्ने सडक र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सडक खुलाउन प्रयास भइरहेको छ तर निरन्तर वर्षाका कारण उद्धार तथा मर्मत कार्यमा कठिनाइ भइरहेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.