बाढीले मसोट खोलाको डाइभर्सन बगायो, लमही–घोराही सडकखण्ड पुनः अवरुद्ध

Shares
दाङको मसोट खोलाको डाइभर्सन बाढीले बगाएपछि लमही–घोराही सडकखण्ड पुनः अवरुद्ध भएको छ। वैकल्पिक मार्गमार्फत सवारी साधन पठाइँदै, डाइभर्सन मर्मत कार्य जारी।

२३ साउन, लमही – दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले बगाएको छ। वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेका अनुसार डाइभर्सनको आधा भाग बग्दा सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि घोराही–लमही आवागमन गर्ने सवारी साधनलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ। यस्तै, डाइभर्सन मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ।

यसअघि २१ साउनदेखि चार दिनसम्म पुल मर्मतका लागि ठूला सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको थियो। अत्यावश्यक सेवाका सवारीका लागि मात्रै अस्थायी डाइभर्सन निर्माण गरी विहीबार दिउँसोदेखि सञ्चालनमा ल्याइएको थियो।

हाल पुलमार्फत विरामी बोकेको एम्बुलेन्स, इमर्जेन्सीका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे खाली सवारी साधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.