बिदायी तस्बिर भनेर राखियो ४८ जनाको तस्विर ,नेपालका विपिन जोसी पनि।

Shares

काठमाडौं । हमासको सशस्त्र शाखा कास्साम ब्रिगेड्सले गाजामा इजरायली सेनाले घेरीबन्दी गरेका शहरमा ४८ जना इजरायली बन्दीहरूको एक संयुक्त ‘विदाई तस्बिर’ सार्वजनिक गरेको छ।

शनिबार अनलाइनमा राखिएको तस्बिरमा बाँचेका र मृत्यु भएका सबै बन्दीहरूको अनुहार समावेश गरिएको छ। तस्बिरमा सबैको नाम ‘रोन अरद’ उल्लेख गरिएको छ, जसले १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेना क्याप्टेन रोन अरदलाई जनाउँछ।

अरदको एफ–४ फ्यान्टम लडाकु विमान दक्षिण लेबनानमाथि आक्रमण गर्ने क्रममा विस्फोट भई खसालिएको थियो। उनलाई अमल आन्दोलनले कब्जा गरेको र पछि हिजबुल्लाहलाई बुझाएको बताइन्छ। अरदको मृत्यु भएको विश्वास गरिए पनि त्यसको ठोस प्रमाण अहिलेसम्म भेटिएको छैन।

उक्त तस्बिरमा नेपालका बिपीन जोशीको पनि फोटो समावेश छ, तर सबै मृतक वा जीवितको ठ्याक्कै पुष्टि तस्बिरबाट गर्न सम्भव भएको छैन।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.