भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको आन्दोलनप्रति रुपन्देहीका १२ राजनीतिक दलहरुको एक्यवद्धता

Shares

बुटवल, वैशाख २९
सरकारले बिना विकल्प घरटहरा भत्काएर आफुहरुमाथी अमानवीय व्यवहार गरेको भन्दै भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले गरेको आन्दोलन प्रति रुपन्देहीका राजनीतिक दलहरूले एक्यवद्धता जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी माथि गरेको अमानवीय व्यवहारप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रुपन्देहीमा क्रियाशील १२ वटा राजनीतिक दलहरुले उनीहरुको आन्दोलनप्रति सामुहिक एक्यवद्धता जनाएका हुन्।

मंगलबार बसेको राजनीतिक दलहरुको संयुक्त बैठकले भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि  सरकारको दमनकारी प्रवृतिको विरुद्ध सामुहिक रुपमा लाग्ने निर्णय गरेको हो।
राजनीतिक दलहरुको संयुक्त बैठकपछि जारी गरिएको विज्ञप्तीमा सरकारले भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधान नखोजी एकाएक उनीहरूको घरबस्तीमा डोजर चलाउने, जर्बजस्ती दमन गर्ने, शारीरिक तथा मानसिक यातना दिने एवं संविधान प्रद्धत बाँच्न पाउने मौलिक अधिकारबाट बञ्चित गर्ने काम गरेको उल्लेख छ।
`नेपाली जनतालाई सुशासन, शान्ति र सुरक्षित भविष्य दिने भन्दै चुनावका बेला ठूलो आश्वासन दिएर सत्तारुढ भएको झन्डै दुई तिहाई बहुमत प्राप्त सरकारले भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधान नखोजी एकाएक उनीहरूको घरबस्तीमा डोजर चलाउने, जर्बजस्ती दमन गर्ने, शारीरिक तथा मानसिक यातना दिने एवं संविधान प्रद्धत बाँच्न पाउने मौलिक अधिकारबाट नागरिकलाई बञ्चित गर्ने अमानवीय कार्यको घोर भर्सना गर्दछौं,` विज्ञप्तीमा उल्लेख छ।
उक्त विज्ञप्तीमा नेपाली काग्रेसका सभापति रामकृष्ण खाँड, नेकपा एमालेका अध्यक्ष यज्ञ गैरे, नेपाली कम्युनिष्ट पार्टीका निर्मल जिसी, श्रम संस्कृति पार्टीका छविलाल गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद श्रेष्ठ, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका लक्ष्मीकान्त पौडेल, नेकपा माओवादीका शरद वली, नेकपा बहुमतका रेखा खनाल, नेकपा (मसाल) का लालचन्द पन्त, राष्ट्रिय जनमोर्चाका इन्दिरा ज्ञवाली, प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णकुमार बञ्जाडे र नेकपा संयुक्तका भिमबहादुर क्षेत्रीले एक्यवद्धता जनाउँदै हस्ताक्षर गरेका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.