मधेश प्रदेशका आठमध्ये चार जिल्लामा धान रोपाइँ नाजुक अवस्थामा

Shares

१७ साउन,काठमाण्डौ – खडेरीका कारण सङ्कटग्रस्थ मधेश प्रदेशका आठ जिल्लामध्ये चार जिल्लामा धान रोपाइँ नाजुक अवस्थामा रहेको छ । यतिबेलासम्ममा झन्डै ८५ प्रतिशत रोपाइँ भइसक्नुपर्ने महोत्तरी, सप्तरी र धनुषामा अझै पनि ५० प्रतिशतभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

सिरहामा पनि ५० प्रतिशतको हाराहारीमा मात्रै रोपाइँ भएको छ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार महोत्तरी ३९ दशमलव ७३ प्रतिशत, सप्तरीमा ४० र धनुषामा ४० प्रतिशतमा क्षेत्रफलमा रोपाइँ भएको छ ।

सरकारी तथ्याङ्क यति भए पनि वास्तविक रोपाइँ भने त्यो भन्दा पनि कम रहेको स्थानीय बासिन्दा बताउँछन् । उनीहरुका अनुसार झन्डै ७० प्रतिशत खेतमा रोपाइँ भएकै छैन । रोपाइँ भएको मध्ये धेरैजसो खेतमा रोपो सुक्न थालेको छ । अनी रोपाइँ गरेर सिँचाइ गरिरहन किसानले पानी तान्ने काममा धेरै लगानी गरेका कारण भएको उत्पादनले लगानी उठ्ने समभावना पनि कम हुँदै गएको चुरे तथा वनजङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादव बताउनुहुन्छ । उहाँका अनुसार मोटरबाट पानी तान्न प्रयोग हुने बिद्युतको महसुलसँगै खडेरीका बेला मलको बढी प्रयोग गर्नुपर्ने हुन्छ ।

यस्तै सुख्खामा रोगकिराको संक्रमण धेरै हुँदा त्यसको रोकथाममा पनि थप लगानी भइरहेको छ । एकातर्फ रोपाइँ कम भएको, रोपो सुकेको र बचाउन धेरै लगानी चाहिएकोले किसानहरु समस्यामा परेका उहाँको भनाइ छ । खानेपानीकै चरम समस्या भोगिरहेका मधेशबासीहरु धान रोपाइँ र त्यसपछिको सिँचाइका लागि भौतारिरहेका छन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.