मनसुन केही कमजोर, थोरै ठाउँमा भारी वर्षाको सम्भावना

Shares

बुटवल, भदौ २ – आज पनि देशभर मनसुन केही कमजोर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित भएकाले नेपालमा मनसुन कमजोर भएको हो ।यद्यपि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहेकाले देशभर सामान्यतया आकाश बदली रहने अनुमान गरिएको छ ।आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना छ । साथै, बाँकी पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।लुम्बिनी प्रदेशको तराई र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.